मुंगको दालको हलुवा

26102016034328mung-600x0सामग्री
भिजाइएको मुंगको दाल डेढ कप, दूध १ कप, चिनी आधा कप, खुवा एक चौथाइ कप, घिउ आधा कप, मिक्स ड्राइनट (काजु, किसमिस, नरिवल आदि) १ सय ग्राम, चेरी (सजाउन)  २० ग्राम ।

विधि 
पहिले भिजाइएको मुंगलाई अलिअलि खस्रो हुने गरी पिस्ने । एउटा कराही वा कुनै गहिरो भाँडामा घिउ तताउने । त्यसमा पिसेको मुंगको दाल हाली चलाउँदै सानो आगोमा पकाउने अनि दूध तथा चिनी हाली फेरि केहीबेर पकाउने । त्यसमा खुवा एवं मिक्स ड्राइ नट हाली एकछिन पकाएर निकाल्ने । चेरीले सजाएर सर्भ गर्ने ।

साभारः नारी अनलाइन

प्रकाशित मितिः आइतवार, कार्तिक २१, २०७३     4:30:17 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *