धुर्मुस सुन्तलीलाई सिटी एक्सप्रेसले दियो साढे १५ लाख

काठमाडौं  : सिन्धुपाल्चोकको गिरान्चौरको एकीकृत बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई सिटी एक्सप्रेस मनी ट्रान्सफरले १५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सिटी एक्सप्रेसले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धर्मुस) र कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई हस्तान्तरण गरेको हो।

एक जोडी कलाकारले उदाहरणीय काम गरिरहेकाले उनीहरुलाई हौसला स्वरुप आर्थिक सहयोग गरेको संस्थाका प्रवन्ध निर्देशक चन्द्र टण्डनले बताए। धुर्मुस सुन्तलीले वातावरणमैत्री, बालमैत्री एवं अपाङ्गमैत्री सिटी बनाउने योजनाका साथ अघि बढेकाले सिटी एक्सप्रेसले पनि सहयोग गरेको उनको भनाई छ।
फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले सिटी एक्सप्रेसले हालसम्मकै उच्च आर्थिक सहयोग गरेकोमा धन्यवाद दिँदै गिरान्चौरलाई नमुना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। संस्थागत रुपमा सहयोग निकै कम मात्रै आएपनि व्यक्तिगत रुपमा सहयोग गर्नेहरुको संख्या उल्लेख्य रहेको धुर्मुसले बताए।
कोषाध्यक्ष कुञ्जना घिमिरेले चार करोड भन्दा बढी लागत अनुमान गरिएकोमा ६० लाखको हाराहारीमा सहयोग जुटेको जानकारी दिएकी छिन्।

२०७३/०६/१६

साभार ctexpress.com

प्रकाशित मितिः आइतवार, अशोज १६, २०७३     6:25:30 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *