सरकार र गोविन्द केसीबीचको सहमतिबिरुद्ध आन्दोलन सुरु

Prawash Kumar Shakya

News

२० मंसिर, झापा । आइतबार २२ औं दिनमा अनसन तोडेका प्रा. डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै स्वास्थ्य शिक्षा नागरिक समाज-मेचीले आन्दोलन सुरु गरेको छ ।

समाजले एक विज्ञप्ति जारी गर्दै पाँच नम्बरको बुँदाप्रति विरोध जनाएको हो । साथै, सहमतिको विरुद्धमा आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ ।

अध्यक्ष चैतन्यप्रकाश मैनाली र सचिव टिकाराम मगरातीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा आगामी मंसिर २५ गतेदेखि चरणबद्ध विरोध तथा आन्दोनलका कार्यक्रम गरिने चेतावनी दिइएको छ ।

अनिश्चितकालिन मेची बन्द लगायतका सङ्घर्षका कार्यक्रम रहेका छन् ।

शिक्षा मन्त्रालयले ०६८ साल माघ २४ गते मनसाय पत्र दिएकोे झापाको विएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.लाई मेडिकल कलेज सञ्चालनको अनुमति दिन पनि माग गरिएको छ ।

साभारः अनलाइन खबर