अण्डा चटामरी

Egg-Chatamari-Rs-170--2--12052017034931-600x0एग चटामरी निकै स्वादिलो परिकारमा पर्छ । यसको स्वाद पनि खुबै मिठो हुने भएकाले आफैले पनि मन लागेको बेलामा घरैमा बनाएर खान सकिन्छ । एग चटामरी बनाउन चाहिने सामग्री आवश्यकताअनुसार तयार गर्ने ।

सामग्री : 
मैदाको पिठो र यसलाई भिजाएर मुछ्नका लागि आवश्यक मात्रामा पानी राख्ने ।
स्वादअनुसार नुन र खुर्सानी ।
अदुवा र लसुनको पेस्ट ।
जिराका धूलो ।
अण्डा ।
धनियाँ ।

विधि :
मैदाको पिठोलाई राम्ररी मुछ्ने । मुछेको पिठोमा अण्डा, लसुन र अदुवाको पेस्ट, जिराको धूलो, नुन र खुर्सानी स्वादअनुसार, धनियाँ सबै राम्ररी मिश्रण गरी केही समयका लागि त्यत्तिकै राख्ने । यसपछि तातेको ताबामा अघि तयार गरेको मैदाको पिठो र अण्डालाई ताबामा फिँजाएर केही समय छोप्ने । मधुरो आगोमा छ मिनेटसम्म पकाएपछि चटामरी एग खानका लागि तयार हुन्छ ।

साभारः नारी अनलाइन

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १९, २०७४     3:43:58 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *