अशोक राजी
०२ पौष । सुर्खेत । गंगामाला स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्था लि. छिन्चु सुर्खेतले आज आफ्नो २० आै बार्षिक उत्सब विभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ । संस्थाले शेयर सदस्यहरुका २ सय ७४ जना ७० बर्ष देखि माथीका बृद्धबृद्धा अभिभावकहरुलाइ तातोमा ओढ्न मिल्ने पछ्यौरी वितरण गर्नुका साथै मिष्ठान्न भोजन गराइएको संस्थाका व्यवस्थापक हिरालाल घर्तिले बताउनुभयो ।
दिनप्रतिदिन चिसो बढ्दै गएकाले शेयर सदस्य तथा शेयर सदस्यहरुका अभिभावक बृद्धबृद्धाहरुलाइ न्यानोको लागी भन्दै दोसल्ला अर्थात पछ्यौरी वितरण गरिएको व्यवस्थापक घर्तिले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमत वि.सी.ले गंगामाला सहकारीले अन्य सहकारीहरुले भन्दा फरक तरिकाबाट उत्कष्ट कामहरु गर्दै आइरहेको जानकारी गराउँदै चिसो मौसममा बृद्धबृद्धाहरुलाइ न्यानो कपडा वितरण गरेकोमा संस्थालाइ धन्यवाद व्यक्त गर्दै खुशि व्यक्त गर्नुभयो ।
आगामी दिनहरुमा पनि यस संस्थाले समुदायको विकास तथा शेयर सदस्यहरुको विकासमा थप सहयोग गर्दै जानेमा उहाँले विस्वास दिलाउनु भयो । कार्यक्रमका प्रमुख अथिति समेत रहेका अध्यक्ष वि.सी.ले नेपाल सरकारले बृद्धबृद्धाहरुलाइ गरिएको जुन व्यवहार छ त्यसको सेवा सुविधाहरुलाइ अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
संस्थाका सचिव गोकर्णबहादुर गुरुङले सञ्चालन गरेको कार्यक्रम संस्थाका अध्यक्ष यज्ञप्रसाद ढकालको सभापतित्वमा सम्पन्न भएको हो ।

