
नेपाली कागजले मोहोरेर गोरुहरुलाई भारत लैजाँदै गरेको अवस्थामा सुराकीका आधारमा प्रशासनले छापा मारेको हो । राति १२ बजे इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदिश अर्यालको नेतृत्वमा छापा मारिएको थियो ।
कपिलवस्तुको बहादुरगन्ज, जवाभारी, गडगौडालगायतका स्थानबाट लोड गरिएका ट्रकहरु हेटौडा लैजाँदै गरेको सूचनाका आधारमा प्रशासनले छापा मारेको शाखा अधिकृत आर्यालले बताए ।
पछिल्लो समय कपिलवस्तुमा गोरु तस्करी बढ्दो छ । भारतबाट गोरु नेपाल ल्याएर फेरि मासुका लागि भारत वा बंगलादेश पठाउने गरेको पाइएको प्रशासन कार्यालयले जनाएको छ ।
साभारः अनलाइनखबर
