सर्वोच्चले फैसला उल्टायो, प्रेरणाको ‘दाइजो’ अब सरकारको नाममा

prerana२१ पुस, काठमाडौं । सर्वोच्च अदालतले आफ्नो पूर्वनिर्णय उल्टाउँदै पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मीलाई दाइजो दिएको वीरेन्द्रको जग्गा सरकारको भएको फैसला सुनाएको छ ।

‘श्री ५ महाराजधिराज’ को नाममा रहेको छाउनीमा रहेको १५ रोपनी १ आना जग्गा ज्ञानेन्द्रले ०६२ मा आफ्नी छोरी प्रेरणालाई दाइजो दिएका थिए । जबकी उनको बिहे ०५९ मै भएको थियो ।

दोस्रो जनआन्दोलनपछि पूर्वराजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको सम्पत्ति खोजविन गर्ने क्रममा नेपाल ट्रष्टको कार्यालयले छाउनीको यो जग्गा सरकारको नाममा गर्ने निर्णय गर्‍यो । त्यसविरुद्ध प्रेरणा सर्वोच्च गइन् ।

र, तत्कालीन प्रधानन्यायाधीश रामकुमार प्रसाद साह र न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासले १ अर्बभन्दा बढी मूल्य पर्ने उक्त जग्गा प्रेरणालाई फिर्ता गर्न आदेश दियो ।

त्यसविरुद्ध सरकारले दर्ता गरेको देवानी मुद्दामा प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीशद्वय सपना मल्ल प्रधान र दीपक कार्कीको इजलासले पुरानो फैसला बिहीबार उल्टाएको छ ।

सर्वोच्चका सहप्रवक्ता पुष्पराज पौडेलले अनलाइनखबरसँग भने, ‘पुरानो फैसला उल्टिएको छ । अब त्यो जग्गा सरकारको नाममा भएको छ ।’ तर, फैसलाको पूर्णपाठ आउन बाँकी छ ।

साभारः अनलाइनखबर 

प्रकाशित मितिः बिहिबार, पुस २१, २०७३     11:51:13 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *