चुरेक्षेत्रको संबेदनशिलता प्रति जिल्ला वन गम्भीर देखिएन्

धर्मेन्द्र वि.सी.

chureपुस २० । लम्की कैलाली । चुरेक्षेत्रको संबेदनशिलता प्रति जिल्ला वन कार्यालय गम्भीर नभएपछि कैलालीमा वन तस्करको चलखेल बढेको छ । रामपुर रेञ्जपोष्ट अन्तरगत साडेपानीको चुरेक्षेत्र तर्फ फैलिएर रहेको रानीकुण्टा, चायभावर क्षेत्रमा वन तस्करी गर्ने क्रम बढेको हो । नाम नखुलाउने सर्तमा साढेपानी गाविस १ चायभावरका एक स्थानियले आफ्नो गाउको बाटो भएर रातारात डलवमा चिरान काठ तस्कर हुनेगरेको बताउनु भयो ।

उहाले डराउदै भन्नु भयो वन कर्मचारी साझपख आएपनी खाजा, चिसो खाएर निस्कने गरेको भन्दै वन फडानीमा वन रक्षक र भक्षक दुबैको मिलेमत्तो रहेको बताउनु भयो ।  दोदोधरा गाविसको वडा नम्बर १ मा रहेको रानिकुण्डा बनमा समेत रातारात डलबहरु जने गरेकाछन । दिनभर चुरेक्षेत्रमा काठ चिरान गरेर राती दाउरा ल्याउने नीहुमा काठ तस्कर हुने गरेको नाम सार्बजनीक नगर्ने सर्तमा एक स्थानियले बताउनु भएको छ , उहाले भन्नु भयो कहिले काही लगातार त कहिले एक दुई दिन विरायर राति ११/१२ बजे पछि डलव जंगल तिर जान्छन । हुनत सधैभर काठतसकरी हुने गरेको भएपनी विगत २/३ महिना यता चोरी निकासि बढेको स्थानीयले बताएका छन ।

उता जिल्लाको चुरेसंगै जोडिएको खानीडाँडा क्षेत्रका सामुदायिक बन बाट काठ ल्याउने बाहानामा इजाजत विनै वनभित्र डोजर चलाई हरीया रुख समेत कटान हुने गरेका छन । सामुदायिक बन बाट काठ निकाल्न डोजर प्रयोग गरी बाटो बनाउने र बाटोमा परेका रुख विना इजाजत काटीने गरेको स्रोतको दावि छ । कतिपय सामुदायिक बनमा कटानको पुर्जि लिएभन्दा बढी काचै रुख काटीरहेको भएपनी जिल्ला वन भने मुख दर्शक भएको छ । यसैविच स्रोतका अनुसार सहजपुर—नीगाली सडक खण्डमा पर्ने वन क्षेत्रमा समेत भ्।क्ष्।ब्। विनै सडक खन्ने काम धमाधम भैरहेको छ । तर वन नियमावली अनुसार भ्।क्ष्।ब्। नभएको ठाउमा डोजर चलाएर वन विनास हुने गतिविधि गर्न नपाईने भएको भएपनी जिल्ला वन अधिकृत रमेश बहादु चन्दले विभिन्न प्रलोभनमा परी देखे नदेखेझै गर्ने गरेका छन ।

दिन दहाडै हरीया रुख चुरे क्षेत्र बाट धमाधम कटानी भैरहेको भएपनी सम्बनधीत निकाय भने मौन रहेको प्रति जिल्ला बन कार्यालय कैलालीका जिल्ला बन अधिकृत रमेश बहादुर चन्दको मिलेमत्तोमा नै बन तस्कर र माफिया हरुले तस्करी गरीरहेको स्रोतले दावी छ । जिल्ला बन अधिकृतको रुपमा रमेश बहादुर चन्द सरुवा भएर असोज १७ कैलाली आयपछि वन अतिक्रमण तत्काल हटाउने सार्बजनीक रुपमै प्रतिबद्धता गरेको भएपनी उल्टै बन तस्करले संरक्षण पाएका छन ।संरक्षणको नाममा अहिले सम्म केहि हुन सकेको छैन । दिन प्रतिदिन बन अतिक्रमण भैरहेको भएपनी जिल्ला वन किन मौन बसेको भनी सहायक जिल्ला बन अधिकृत भिमप्रसाद ढकाललाइ सोध्दा उहाले पछिल्लो समयमा बन तस्करी बढीरहेको स्वीकादै बन संरक्षणमा गम्भीर रहेको बताउनु भएको छ ।

प्रकाशित मितिः बिहिबार, पुस २१, २०७३     12:58:33 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *