मप यातायातको अध्यक्षमा फेरी खड्का

bb२४ पौष सुर्खेत । मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघ सुर्खेतको अध्यक्षमा पुनः विष्णुबहादुर खड्का निर्वाचित भएका छन् । शनिवार सम्पन्न निर्वाचन अन्तिम मत परिणाम अनुसार खड्का नेतृत्वको पूरै प्यानल विजयी भएको हो । शनिवार मध्यराती सम्पन्न मतगणनामा खड्काले दुई सय ४९ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी श्यामलाल कँडेलले एक सय २७ मत प्राप्त गरे ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा दुई सय २२ मत प्राप्त गरी मोतीप्रसाद चपाईं विजयी हुँदा रमेशकुमार पौडेलले एक सय ५२ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा गोरखबहादुर खत्री दुई सय २७ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी सागर रावतले एक सय ४४ मत प्राप्त गरे ।

सचिवमा खड्का प्यानलकै नारायणकुमार चपाईंले दुई सय १८ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिद्वन्द्वी ओमबहादुर खड्काले एक सय ५७ मत प्राप्त गरे । कोषाध्यक्षमा गौरीप्रसाद लामिछानेले दुई सय २३ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी गणेशकुमार पन्तले एक सय ५० मत प्राप्त गरे । सह–सचिवमा दुई सय २९ मत ल्याएर भोजकुमार डाँगी विजयी हुँदा उनका प्रतिद्वन्द्वी क्षेत्रमणि गिरीले एक सय ४५ मत प्राप्त गरे । सह–कोषाध्यक्षमा पदमबहादुर खत्री दुई १५ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिद्वन्द्वी मधु कार्र्कीले एक सय ४६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी ६ जना सदस्य पदका लागि भएको निर्वाचनमा खड्का प्यानलबाटै खम्बबहादुर शाहीले दुई ३८, धनबहादुर बोगटीले दुई सय १४, लालबहादुर नेपालीले दुई सय १९, विजय सापकोटाले दुई सय ४२, शिवराज वलीले दुई सय ३५ र थमन राना क्षेत्रीले दुई सय २२ मत प्राप्त गरी विजयी भएका छन् ।

कुल ३ सय ८७ जना सदस्य रहेकोमा निवाचनमा ३ सय ७८ मत खसेको छ । यो मध्य १ जना व्यवसायीको मृत्यु र बाँकी ७ जना विदेश रहेकाले ३ सय ७८ मत खसेको थियो । १३ सदस्यीय कार्यसमितिका लागि २६ जनाले उमेदवारी दिएका थिए ।

साभारः साझाविसौनी अनलाइन

प्रकाशित मितिः आइतवार, पुस २४, २०७३     4:38:19 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *