डुवेर १ को मृत्यु

Milan Shrestha

News

सुर्खेत राकममा भेरी नदिमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।  सल्यान घाँजरीपिपल गाविस वडा ७ संग्रही घर भई हाल सुर्खेत राकम २ जामुनेबजार वस्दै आएका २१ वर्षिय गोविन्द नेपालीको भरी नदिमा पौडि खेल्ने गएको समयमा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुर्खेत राकमले जानकारी दिएको छ । १५ गते दिउसो नुहान गएका नेपाली पौडी खेल्ने क्रममा बगेका थिए । 


बगेको एकदिनपछि हिजो साँझ सल्यानको बालुवासंग्रही नजिकै शव फेला पारेको इलाका प्रहरी कार्यालय राकममा प्रहरी निरिक्षक नेत्र बहादुर बोहराले जानकारी दिनु भयो । मृत्तक नेपालीको शव पोष्टमार्टमका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।स्रोतःनेपालगाथा ।