प्याब्सन अध्यक्षमा सम्बाहाम्फे निर्वाचित

१२ फागुन २०७३ काठमाडौं—निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालको तेह्रौँ राष्ट्रिय महाधिवेशनले विजय सम्बाहाम्फेको अध्यक्षतामा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ।

गएराति सम्पन्न मतगणनाको परिणामअनुसार कुल एकहजार ६२३ मतमध्ये सम्बाहाम्फेले ८७१ र निकटतम प्रतिद्वन्द्वी टीकाराम पुरीले ७५१ मत ल्याए। निर्वाचित अध्यक्ष सम्बाहाम्फे १२० मत अन्तरले विजयी भए।

त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा डीके ढुङ्गाना तथा खुला उपाध्यक्षमा ईश्वरबहादुर गुरुङ, अनिलकुमार झा, आरसी श्रेष्ठ र कृष्णप्रसाद अधिकारी विजयी भएको निर्वाचन समितिका संयोजक पर्शुराम कोइरालाले जानकारी दिए।

महासचिवमा राजेन्द्र बानियाँ र कोषाध्यक्षमा टङ्क भट्टराई निर्वाचित भएका छन्।

साभार : नागरिकअनलाइन

प्रकाशित मितिः बिहिबार, फाल्गुन १२, २०७३     2:33:31 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *