एमाले र विप्लव निकट विद्यार्थीले सानोठिमी क्याम्पसमा आगो लगाए

भक्तपुरः भक्तपुर स्थित सानोठिमी क्याम्पसमा एमाले निकट अनेरास्ववियु र विप्लव निकट क्रान्तिकारी मिलेर गएराति क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरेका छन्।agjani-58b55852d6ce78.80484652

अखिल (क्रान्तिकारी) र नेविसंघको संयुक्त प्यानलले जित्ने सुनिश्चित देखिएकाले चुनाव रोक्ने मनसायले अनेरास्ववियु र विप्लव समुहले आगजनी गरेको क्रान्तिकारीका महासचिव एवं सानोठिमी क्याम्पसका निवर्तमान स्ववियु सभापति बीरेन्द्र बस्नेतले वताएका छन्।

सानोठिमी क्याम्पसमा माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)का रमेश खड्काको नेतृत्वमा नेविसंघ सहितको संयुक्त प्यानल दर्ता भएको छ ।

त्यसैगरी एमाले निकट अनेरास्ववियुका लालबहादुर रोकायाको नेतृत्वमा विप्लव निकट क्रान्तिकारी सहितको संयुक्त गठवन्धन दर्ता भएको छ।

क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी भएतापनि निर्वाचनसँग सम्वन्धित सवै कागजात सुरक्षित रहेकाले फागुन १८ गते हुने चुनाव नरोकिने क्याम्पस प्रमुख रामचन्द्र घिमिरेले वताए।साभारः अन्नपूर्ण पोष्ट ।

प्रकाशित मितिः बुधबार, फाल्गुन १८, २०७३     11:04:56 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *