पूर्वसभासदले यसरी हानिन् एमालेको गाडीमा जुत्ता

jutta-prahar२३ फागुन, सुनसरी । झापाबाट सुरु भएको नेकपा एमालेको मेची-महाकाली अभियान इनरुवा आइपुग्दा मधेसी मोर्चाको विरोधको सामना गर्नुपरेको छ ।

झुम्कामा कालोझण्डासहित जम्मा भएका मोर्चाका कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरे । एमालेको झण्डा राोको ठाउँमा नै मधेसी मोर्चाका कार्यकर्ताले कालोझण्डा बाँधेर राखिदिएका छन् ।

त्यही क्रममा एक पूर्वसभासद एमालेको गाडीमाथि जुत्ता प्रहार गरेकी छन् । संघीय समाजवादी फोरम नेपालकी पूर्व साभासद सविताकुमारी यादवले मेची महाकाली अभियानको अगुवा गाडीलाई आफ्नो जुत्ता हानेकी हुन् ।

उनले सुरुमा कालो झण्डा देखाएकी थिइन् । गाडी अगाडि बढेपछि पछ्याउँदै गएकी उनले आफ्नो जुत्ता खोलेर हानिन् । यतिले मात्र उनको आक्रोश थामिएन र, अर्को खुट्टामा रहेको जुत्ता पनि फुकालेर हानिन् ।

साभारः अनलाइनखबर

प्रकाशित मितिः सोमवार, फाल्गुन २३, २०७३     8:00:01 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *