काक्रेबिहारको ८ औं बार्षिक साधारण सभा

 

फागुन, २८, सुर्खेत ।
काक्रेबिहार बिकास बैंक लिमिटेड सुर्खेतको ८ औं बार्षिक साधारण सभा शनिवार(आज) वीरेन्द्रनगरमा सम्पन्न भएको छ

IMG_2627

बिकास बैंकका अध्यक्ष छविलाल रानाको सभापतित्व तथा सभासद् एवंम समाजसेवी लाल बहादुर घलेको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा सिद्धार्थ सञ्चारका अध्यक्ष डिलबहादुर वंशी, सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष आशुराम सोमै, लगनशिल महिला उधमी सहकारीका अध्यक्ष कृष्णा वंशी तथा सह प्रध्यापक हरिबहादुर थापाको आथित्यमा सम्पन्न सभामा सञ्चालक सदस्य राजबहादुर गुरु¨ले स्वागत मन्तव्य सहित स्वागत गरेका थिए ।
२०६५ सालमा १०५ जना शेयर सदस्यबाट संचालित भएको बैंकमा हाल ९५७ जना शेयर सदस्यहरु रहेका छन् भने आर्थिक बर्ष २०७२–२०७३ सम्ममा उक्त बैंकले  कुल १ करोड, १५ लाख ६९ हजार ५ सय ७५ रुपैया शुद्ध मुनाफा आर्जन गरेको र शेयर सदस्यहरुलाई १९ प्रतिशत शेयर लाभांस बितरण गर्न सफल भएको छ । यसै गरी स्थानिय स्तरमा संचालन भएको बैंक यस अघि नै काष्ठमण्डप डेभलपमेण्ट बैंक संग गाभिने समाचार आएता पनि अबको ३ महिना भित्रै यस बैंक लगाएत पश्चिमाञ्चल फाइनान्स कम्पनी लि., महाकाली बिकास बैंक लि र काष्ठमाण्डप डेभलपमेण्ट बैंक लिमिटेड सहित कुमारी बैंक संग मर्ज भई कुमारी बैंककै नामबाट संचालित हुने जानकारी बैंकका प्रबन्धक जगतबहादुर थापाले जानकारी दिए ।IMG_2623

 

प्रकाशित मितिः शनिबार, फाल्गुन २८, २०७३     10:00:38 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *