अध्यक्षमा फेरी भारती निर्वाचित

ganesh९ बैशाख । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको अध्यक्षमा फेरी गणेशकञ्चन भारती निर्वाचित भएका छन् । शुक्रबार ४ बजेदेखि सुरु भएको मतदान प्रक्रियामा जम्मा १३७ मत खसेका थियो । अध्यक्ष भारतीले ७३ मत ल्याएर उनका निकटतम प्रतिद्वन्दी लक्ष्मण भण्डारीलाई १० मतको अन्तरले पराजित गरेका छन् ।

भण्डारीले ६३ मत ल्याएका छन् । भारती प्रेस युनियन, प्रेस सेन्टर र मिडिया नेपाल संयुक्त प्यानलका हुन भने भण्डारी प्रगतिशिल पत्रकारहरुको संयुक्त प्यालनका हुन् ।

खुल्ला उपाध्यक्षमा ललित बसेलले ७४, सचिवमा सुदिप पुरीले ७७, सह–सचिव खुलामा ललित गाहाले ८१ र समावेशीमा नन्दबहादुर गेलाङले ८० र कोषाध्यक्षमा टेकेन्द्र विश्वकर्माले ७१ मत ल्याएर निर्वाचित भएका छन् ।

प्रगतिशिल प्यानलबाट खुला उपाध्यक्ष दिपक बुढाले ६३, सचिव विनोद शाहीले ५९, सहसचिव जीवन शाहीले ५५ तथा सरस्वती गौतमले ५५ र कोषाध्यक्ष कृष्ण आचार्यले ६५ मत ल्याएर पराजित भएका छन् ।

साभारः पश्चिमनेपाल अनलाइन

प्रकाशित मितिः शनिबार, बैशाख ९, २०७४     8:49:54 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *