४२ प्रतिशतसम्म मत खस्यो, उत्साहजनक रुपमा मतदान भइरहेको छः निर्वाचन आयोग
Prawash Kumar ShakyaNews
३१ बैशाख, काठमाडौं । पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत ३४ जिल्लामा उत्साहजनकरुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
२८३ स्थानीय तहमा मतदान गर्ने कार्यक्रम रहे पनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसेककाले २८१ स्थानीय तहमा मतदान हुँदैछ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अहिलेसम्म ४२ प्रतिशत मत खसेको छ । सबैभन्दा बढी मनाङमा ४२ प्रतिशत मतदान भएको छ । कास्की र बाग्लुङमा ३५ प्रतिशत तथा स्याङ्जा र मुगुान ३० प्रतिशत मतदान भएको छ ।
रुकुममा २५ प्रतिशत मतदान भएको छ । अन्य जिल्लमा सरदर २५ प्रतिशत मतदान भएको छ ।
यसैवीच प्रहरीले पहिलो चरणको स्थानीय तहको निर्वाचनका दिन आज नियम मिचेर चलाइएका झण्डै १३ सय सवारी नियन्त्रणमा लिएको छ ।
काठमाडौंका विभिन्न स्थानबाट नियमबिपरित चलाइएका १२ सय ७६ सवारीलाई प्रहरीले विभिन्न स्थानबाट नियन्त्रण लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । यसमा झण्डै ११ सय वटा मोटरसाइकल मात्रै छन् ।
सवारी चलाउन निर्वाचन आयोगले आज चालक अनुमति पत्र लिएका र अत्यवश्यकीय सेवाका सवारीबाहेक सवै सवारी साधन सञ्चालनमा रोक लगाएको ट्राफिक प्रहरीले जनाएको छ ।
साभारः अनलाइनखबर