भूमिसुधार कार्यालयका नासु २० हजार घुससहित पक्राउ

२४ जेठ, नेपालगन्ज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले तीन दिनमा तीनजना कर्मचारीलाई सवा ५ लाखबढी घुससहित नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ ।

जिल्ला मालपोत कार्यालय बाँकेका दुई जना कर्मचारीलाई ४ लाख ९८ हजार रुपैया घुस सहित पक्राउ गरेको दुईदिनपछि भुमि सुधार कार्यालय बाँकेका कर्मचारीलाई २० हजार घुस सहित रंगेहात पक्राउ गरेको छ ।

सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिंदै गरेको अवस्थामा भुमिसुधार कार्यालय बाँकेमा कार्यरत नायब सुब्बा शैलेन्द्रकुमार कर्णलाई बुधबार पक्राउ गरिएको हो ।

कर्णले जग्गा बाडफाँड गर्ने प्रयोजनका लागि बिभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले बुधबार कार्यालय परिसरबाट घुस रकमसहित रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको सूचना अधिकारी निराजन शर्माले जानकारी दिए ।

मालपोत कार्यालयका खरिदार नरबहादुर सारु मगर र लेखनदास सर्जु थापाले कारकादोमा रहेको जग्गाको निर्णय प्रमाणित गरी विक्री गर्ने प्रयोजनको लागि विभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले सोमबार राती ९ बजेतिर सारु मगर र थापालाइ सेवाग्राहीबाट चार लाख अन्ठानब्बे हजार घुस रकम लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

अख्तियारको कोहलपुरस्थित कार्यालयले हालसम्म २३ जना सरकारी कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ । जसमा १६ जना बाँकेका बिभिन्न कार्यालयका कार्यरत कर्मचारी रहेका छन् ।

साभारः अनलाइनखबर

प्रकाशित मितिः बुधबार, जेष्ठ २४, २०७४     10:13:47 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *