निर्वाचनको विपक्षमा नबोल्न प्रमुख निर्वाचन आयुक्तको चेतवानी

yadavji-593f8e52d9eeb8.06594634प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गतेको निर्वाचन हुँदैन वा सर्छ भनेर चुनावको विपक्षमा नबोल्न चेतावनी दिनु भएको छ । यादवले भन्नुभयो,‘निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ,अब पनि निर्वाचन हुँदैन भनेर यसको विपक्षमा बोल्ने काम नगरौं,असार १४ गते तोकिएकै मितिमा दोस्रो चरणको निर्वाचन हुन्छ, ढुक्क हुनुहोस्।’
प्रमुख निर्वाचन आयुक्त डा. यादवले मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै निर्वाचनको विपक्षमा कसैले पनि कुरा गर्न नहुने बताउनु भएको हो । यादवले भन्नुभयो,‘मुलुक निर्वाचनमा गैसकेको छ, असार २ गते मनोनयन हुन्छ, १४गते निर्वाचन हुन्छ, आयोग अब निर्वाचनबाट एक ईन्च पनि ब्याक हुँदैन्, चारवटै प्रदेशमा एकै चरणमा निर्वाचन हुन्छ, यसको सम्पूर्ण तयारी आयोगले गरिसकेको छ।’
यादवले सबै जिल्लामा निर्वाचन सामाग्री पु¥याई सकिएको र निर्वाचनको तयारी पूरा भैसकेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो,‘निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ, हामीले संबेदनशिलताको आधारमा अनुगमन टोलि खटाएका छौं, असार १४ गतेको निर्वाचन मिति सार्ने भन्ने कुरा हल्ला मात्रै हो, २ र ५ नम्बर प्रदेश को निर्वाचन सर्ने हल्ला मात्र हो, यसमा कुनै सत्यता छैन, यी सबै अनुमानका कुराहरु मात्रै हुन्।’
यादवले अब स्थानीयतहको संख्या थप भएमा पनि निर्वाचन गर्न नसकिने प्रष्ट पार्नु भयो । उहाँले भन्नुभयो,‘निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ, अब पनि स्थानीयतहको संख्या थप्ने भन्ने कुरा कहाँबाट सम्भव छ, यो असंम्भव कुरा हो, अब मत खसाल्न मात्र बाँकी छ ।’ उहाँले ४६१ स्थानमा एकै चरणमा निर्वाचन हुने र अब पनि संख्या थपे आयोगले निर्वाचन गर्न नसक्ने बताउनुभयो । आयोगका सबै कर्मचारी मुख्य निर्वाचन अधिकृतदेखि अन्यकर्मचारीहरु ४६१ निर्वाचन क्षेत्रमा पुगिसकेको पनि उहाँले जानकारी गराउनुभयो ।
सुरक्षाको प्रत्याभुति गराउन आयोगले सरकारलाई पटक–पटक पत्राचार गरिसकेको जानकारी दिँदै उहाँले भन्नुभयो,‘सुरक्षाको प्रत्याभुति हुन्छ, सुरक्षाको वातावरण बनाउनको लागि हामीले सरकारलाई भनिसकेका छौं।’ चुनावको मतपरिणाम नआउञ्जेलसम्म हरेक दिन नयाँ–नयाँ चूनौतिहरु आईरहने भएकोले सबै चुनौतिहरु सामाना गर्न आयोग तयार रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
निर्वाचन बहिष्कार गर्ने दलहरुलाई जनताको मतहाल्ने अधिकार कुण्ठित नगर्न समेत उहाँले आग्रह गर्नुभयो । यादवले भन्नुभयो,‘सबै राजनीतिक दलहरुले निर्वाचनमा भाग लिनुपर्छ, आफ्नो मतहाल्ने मतदाताहरुको अधिकारलाई कुण्ठित गर्ने काम कसैले पनि गर्नु हुँदैन्।’
यादवले निर्वाचनआचार संहिता कार्यान्वयनको लागि प्रभावकारी रुपमा काम गरिरहेको समेत जानकारी गराउनुभयो । उहाँले भन्नुभयो,‘निर्वाचनआचारसंहिता कडाईका साथ कार्यान्वयन भइरहेको छ, यसको लागि हामीले सह–सचिवको नेतृत्वमा अनुगमन टोली खटाएका छौं।’
अब चुनाव चिन्ह पनि दिन नसकिने प्रष्टयाउदै उहाँले भन्नुभयोे,‘चुनाव अघि अब मिति सार्ने काम र चुनाव चिन्ह दिन सकिँदैन्।’
राजपा नेपाल लगायत केहीदलहरुले निर्वाचनबारे असहमति राखेकोबारे टिप्प्णी गर्दै उहाँले भन्नुभयो,‘उहाँहरुको माँग सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेका छौ । स्थानीयतहको कानून संशोधन, राजनीतिक दल सम्बन्धी ऐनमा पनि संशोधन गरिसकिएको छ । तीनदिनको समय पनि सूचना जारी गरेका थियौं, अधिकतम लचकता अपनाएका थियौं, हामी त अहिले पनि आग्रह गरिरहेका छौं, कि निर्वाचनमा आउनुहोस् भनेर।’

साभारः अन्नपूर्णपोष्टअनलाइन

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३०, २०७४     7:31:31 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *