
वीरेन्द्रनगर नगरपालिकामा आज वडा नं. ९ का २९ वटा टोल विकास संस्थाका अध्यक्ष एवम् प्रतिनिधीहरु संग छलफल गरि हरित वडा बनाउनकालागि कार्यक्रमको आयोजना गरिएको नगरपालिकाका बरिष्ठ सरसफाई व्यवस्थापक टिका थानीले बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका बरिष्ठ प्शासन तथा अनुगमन अधिकृत प्रकाश पौडेलले टोल विकास समिति भनेको स्थाई सामुदायिक संस्था भएको र यस्ले आफ्नो वडाहरुलाई सहयोग गर्ने उपभोक्ता समिति भएको र वडाको निर्देशन अनुसार संचालित हुने बताउनुभयो ।
यस्तै पौडेलका अनुसार वीरेन्द्रनगर लाई वातावरण मैत्री बनाउनकालागि प्रत्येक घर २ विरुवा अनिवार्य लगाउनु पर्ने बताउनुभयो ।
वडा नं. ९ का अध्यक्ष सुरेश मानन्धरले आफ्नो वडा लाई चाँडै नै हरित वडा बनाउनकालागि वडाका सम्पूर्ण टोल विकास संस्थाहरुको सहयोगमा लागि पर्ने बताउनुभयो ।
