मध्यपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह सम्पन्न
Milan ShresthaNews
असार,१९, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले सोमबार सुर्खेतको वीरेन्द्रनगरमा पहिलो दीक्षान्त समारोह सम्पन्न गरेको छ । समारोहमा सहभागिता जनाउन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सुर्खेतमा हुनुहुन्छ । प्रधानमन्त्रीले यस अघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको विज्ञान संकायको भवन उद्घाटन समेत गर्नुभएको छ ।
हालसम्म विश्वविद्यालबाट ४ सय ४५ जनाले पास गरेकाे भए पनि ३ सय १५ जना मात्र दिक्षान्त समारोहमा सहभागी भएकाे विश्वविद्यालयका सूचना अधिकारी विष्णु खड्काले जानकारी दिए ।
साभारः नेपालगाथा अनलाइन