वडा नं. ९ मा बृक्षारोपण

IMG_20170722_083707

७ साउन । सुर्खेत । वीरेन्द्रनगर नगरपालिका सुर्खेतको वडा नं. ९ लाई  वातावरण मैत्री हरित बनाउने कार्यक्रम अन्तरगत आज वडा नं ९ को मुख्य बाटो मंगलगढी व्यारेकको २ नम्बर गेटबाट बाटो लाटीकोइली पुल सम्म दुबै तर्फ अशोक र धुपीको विरुवा रोपिएको छ ।

वडा अध्यक्ष सुरेश मानन्धरले अशोकको विरुवा रोपी शुरु गर्नुभएको कार्यक्रममा वडा नं ९ का मंगलगढी मिलन, पिपलडाँडा र बौद्ध टोल विकास संस्थाका सदस्यहरुको उपस्थित रहेको थियो ।

 

प्रकाशित मितिः शनिबार, साउन ७, २०७४     6:23:28 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *