२६ असोज । सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन प्रदेश नम्बर ६ को संयोजकमा युवा विद्यार्थी नेता प्रेम बिसी ले जिम्मेवारी पाएका छन् । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले संघिय संरचना अनुसारको प्रदेसमा संगठन विस्तार, सुधार र महाधिवेशन सम्पन्नको लागी प्रदेश संयोजकहरु तोक्ने क्रममा विसीलाई प्रदेश नं.६को संयोजकको जिम्मेवारी दिईएको हो ।
विसीले अबको आफ्नो योजना पार्टी र संगठन का एजेण्डा लिएर प्रदेश व्यापी कार्यक्रमहरु केही दिनमै शुरु गर्ने र अबको केही समय मै यहाँका सवै जिल्लामा संगठनलाई विस्तार गर्ने रहेको बताए ।
संगठनमा लामो समय संघर्ष गरेका तथा सांगठानिक अनुभव बटुलेका दक्ष विद्यार्थी हरुलाई प्रदेश संयोजकको जिम्मा दिनुका साथै संगठनका केन्द्रिय संयोजक महेस शिंहले नव प्रदेश संयोजकहरुलाई परिचालित हुन निर्देशन समेत दिएका छन ।

