सेवाप्रदायकसँग अन्तरक्रिया

 

सुर्खेत, २८ असोज ।
सुन्दर नेपाल संस्थाको आयोजनामा सेवाप्रदायक निकायहरुसँग कानून सम्बन्धि अन्तरक्रिया कार्यक्रम शुक्रवार लेकबेसी नगरपालिकामा सम्पन्न भएको छ । रोलर युएनडिपिको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्थाद्धारा सञ्चालित न्यायमा पहुँच परियोजना अन्र्तगत उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

विद्यमान कानूनमा भएका व्यवस्था तथा महिला अधिकारको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको परियोजनाका कार्यक्रम संयोजक रमा प्याकुरेलले बताइन् । कार्यक्रममा बालविवाह, बहुविवाह,घरेलु हिंसा तथा संविधानमा उल्लेखित महिला अधिकार र मुलुकी ऐनको बारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा लेकबेसी नगरपालिक वडा नम्वर चारका अध्यक्ष खगेन्द्रबहादुर रुतालले विद्यमान कानून कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए । उनले बालविवाह न्यूनिकरणका लागि विशेष अभियान चलाउने बताए । कार्यक्रममा नगरपालिकाका विभिन्न सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।
न्यायमा पहुँच परियोजनाका कार्यक्रम संयोजक रमा प्याकुरेल, जेसी अफिसर उमा भट्टराईले कार्यक्रमको सहजिकरण गरेको परियोजनाका परामर्शदाता पुस्पा रौनियारले जानकारी दिइन् ।

साभारः नारीजागरण खबर ।

प्रकाशित मितिः शनिबार, अशोज २८, २०७४     9:25:21 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *