राष्ट्रिय राजनीतिबाट सन्यास लिएको छैन : बिजुक्छे
Prawash Kumar ShakyaNews
नेपाल मजदुर किसानका अध्यक्ष नारfयणमान बिजुक्छेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आफूले उम्मेदवारको मनोनयन दर्ता नगराए पनि राष्ट्रिय राजनीतिबाट सन्यास नलिएको स्पष्ट पारेका छन्।रफत सञ्चार क्बलद्वारा शुक्रबार आयोजित अन्तक्रिर्या कार्यक्रममा उनले आफू प्रतिनिधिसभामा प्रत्यक्षरुपमा संलग्न नभए पनि पार्टीको अध्यक्ष भएरै राष्ट्रिय राजनीति भूमिकामा सक्रिय रहने बताए। उनले नयाँ पुस्ता पनि जिम्मेवारी बहन गर्न सक्षम रहेको कारण पार्टीको निर्णय अनुसार नै पुस्ता हस्तान्तरण गरिएको प्रष्ट पारे।
उनले नेपालको राष्ट्रिय राजनीतिले बाटो बिराउँदै गएको वर्तमान अवस्थामा पाटी विस्तार भन्दा पनि आफू र आफ्नो पार्टीले सैद्धान्तिक र गुणात्मक बिषयको उठाउन गर्दै अग्रसरता जनाउने बताए।
वामपन्थी विचारलाई थप सुदृढ र सशक्त गर्नका लागि पार्टीकै राजनीतिमा सक्रिय रुपमा रहने भन्दै बिजुक्छेले अहिले वाम गठबन्धनका रुपमा रहेका नेकपा (एमाले) र नकपा (माओवादी केन्द्र) सत्ताका लागि मात्र गठबन्ध गरेको आरोप लगाए। यो गठबन्धन भित्र नै आन्त्रिक कलह भैरहेकोले यसले टीर्घकालीन रुप लिन नसक्ने उनको भनाइ छ।
गठबन्धले देशमा दुई पार्टीको रुपमा देखिने चर्चा गर्दै उनले दुई पार्टीको रुपमा राजनीतिक दलहरु आए झनै राजनीतिक भद्रगोल हुने भन्दै उहाँले थ्रेस होल्डले प्रजातन्त्रको मर्मलाई अन्त्य गर्ने बताए।
साभारः अन्नपूर्णपोष्टअनलाइन