भारतीय मोबाइल कम्पनी माइक्रोम्याक्सले नेपाली बजारमा आफ्नो मोबाइल सेट क्यान्भास अल्ट्रा एम १ ल्याएको छ। भारतमा १ नम्बरमा रहेको माइक्रोम्याक्सले आफूलाई नेपालमा पनि स्थापित बनाइसकेको मध्य तथा सुदुरपश्चिमका बजार प्रतिनिधी महेश रावलले बताउनुभयो ।
रावलका अनुसार माइक्रोम्याक्सको क्याभास अल्ट्रा एम १ मा अक्टाकोर प्रोसेसर तथा ३२ जीबी रोम र ३ जीवीको र्याम छ । ५.५ इन्चको फुलएचडी डिस्प्ले रहेको फोनमा चार हजार एमएएचको ब्याट्री प्रयोग गरिएको छ ।
यस फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामरा र सेल्फीकालागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । थ्रीजी र फोरजी नेटवर्क सपोर्ट गर्ने यसमा डुअल र हाइब्रिड सिम स्लट राखिएको छ । एन्ड्रोएडको मार्समाल्लो अपरेटिङ सिस्टम रहेको यो सेटको बजार मूल्य २२ हजार आठ सय ९९ रहेको छ । सुर्खेतकालागि माइक्रोम्याक्स मोबाइलको अधिकृत ज्वाला कम्प्यूटर सप्लायर्स रहेको छ ।
