नेपाली युवाले बनाएको एप्स ‘नेपाल कलर’ गुगल प्लेस्टोरमा
Prawash Kumar ShakyaTechnology News
विश्व बजारमा मात्र नभएर नेपाली बजारमा पनि मोबाइल एप्सको विकासक्रम बढ्दो छ। गुगलको प्लेस्टोरमा नेपालीले बनाएका एप्सहरू पनि थुप्रै छन् र ती डाउनलोड हुने संख्या पनि उल्लेख्य छ। नेपालीले केही यस्ता महत्त्वपूर्ण एप्स बनाएका छन्जो, दैनिक जनजीवनमा महत्त्वपूर्ण सावित भइसकेका छन् ।
यसैक्रममा सूचना प्रविधिका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको कम्पनी आई टेक नेपालले निर्माण गरेको अलि भिन्न प्रकारको एप्लिकेसन ‘नेपाल कलर’ गुगल प्लेस्टोरमा उपलब्ध गराएको छ । एपको भिन्न विशेषता भनेको आफ्नो मोबाईलमा सेभ नभएका नम्बरहरु बाट फोन आए पनि कसले फोन गरेको हो भन्ने रिङ्गटोन आए सगै स्क्रिनमा देख्न सकिन्छ । हाल लाई यो एप्लिकेसन एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध रहेको र यस एपलाई छोटो समयमा धेरै प्रयोग कर्ताले रुचाउने कम्पनीले विश्वास लिएको छ।
यो लिङ्कमा https://goo.gl/lhmS1x क्लिक गरेर पनि डाउनलोड गर्न सकिन्छ ।
साभारः अनलाइनखबर