एमआइको नोट टू फोन बजारमा

booking-imageमोबाइल फोनको संसारमा छुट्टै पहिचान बनाउन सफल चिनियाँ मोबाइल कम्पनी श्याओमीले फेरी नेपाली बजारमा एमआई नोट टु मोबाइल भित्रिएको छ । नेपालकालागि आधिकारी विक्रेता शारदा गुपको वत्सल इम्पेक्स प्रालिले सो मोबाइल फोन नेपालमा मोबाइल भित्र्याएको हो।  फोनमा ५ दशमलव ७ इन्चको डिस्प्ले सहितको कर्भ स्क्रिन रहेकोछ।
६ जिवी र्‍याम, १२८ जिवी रोम रहेको यो फोनमा पछाडिको क्यामरा २२ दशमलव ५६ मेगापिक्सल र सेल्फीकालागि अगाडी ८ मेगापिक्सेलको अटो फोकसमा उपलब्ध रहेकोछ ।
चैत्र १० गते विहीबार देखि १५ गते सम्म बुकिङ्ग खुल्ला गरिएको यो फोनमा ४०७० एमएच ब्याट्री क्षमता रहेकोछ । यसको मूल्य ७६ हजार ९ सय ९९ रुपैया तोकिएको छ । बुकिङ्ग¨ अवधि भर किन्ने ग्राहकलाई कम्पनीले ४ हजार ४ सय ९९ मूल्य बराबरको Mi Band 2 (फिट्नेस ट्रयाकर) उपहार स्वरुप दिने कम्पनीका मध्य तथा सूदूरपश्चिमका बजार प्रतिनिधी मनोज न्यौपानेले बताउनुभयो ।
त्यसै गरि सुर्खेतमा पनि Mi मोबाइल फोनको बजार विस्तारक्रम बढी रहेको Mi मोबाइल सुर्खेतका अधिकृत विक्रेता ज्वाला कम्प्यूटर सुर्खेतका प्रोप्राइटर सुदिप केसीले बताउनुभयो ।
प्रकाशित मितिः शुक्रबार, चैत्र ११, २०७३     1:50:34 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *