लक्ष्मण कँडेल
Prawash Kumar ShakyaFace of The Month
तत्कालिन गुल्मी दिगाम गाविस २ श्रृंगामा बुवा विष्णु र आमा लक्ष्मी कँडेलका माइलो सुपुत्र हुनुहुन्छ सुर्खेत चर्चित अटो व्यावसायी लक्ष्मण कँडेल ।
सामान्य बाल्यकाल व्यतित गर्नु भएका कँडेल २०५६ माघ १४ बाट व्यवसायीक कर्म बनाउन सुर्खेत प्रवेश गर्नुभएको हो । कँडेलले ३ कक्षामा पढ्दा आफ्नै साथीले काठको गाडी बनाएको देखेर नै अटो व्यवसायमा आफु तानिएको बताउनुहुन्छ ।
९ कक्षामा पढ्दाताकाबाट गाउँबाट नै सामाजिक कार्यमा अघि बढेको अनुभव उहाँ संग रहेको छ । त्यतीवेला गाउँ हुने जुवातास तथा विकृती विसंगती जस्ता कार्यहरुलाई निर्मुल पार्न अनी गाउँमा विभिन्न सामाजिक काम गर्न आफुहरुले एउटा क्लब नै गठन गरेको उहाँ सम्झनुहुन्छ ।
रम्बा चाउचाउको बजार प्रतिनिधी भएर सुर्खेतमा व्यावसायीक कामको शिलशिलामा आफु सुर्खेत आउँदा आफैले नै एकलरुपमा सुर्खेतमा केही व्यावसाय गर्ने सोच राखेर अगाडी बढेको उहाँ बताउनुहुन्छ । त्यतीवेला सुर्खेतमा मोटरसाइकल बनाउने ग्यारेजहरुको कमी देखे त्यतीवेला आफुले पनि मोटरसाइकल बनाउन २दिन पर्खनुपरेकोले पनि अटो व्यावसायमा पनि मोटरसाइकल ग्यारेज नै रोजेको र हाल बजाज मोटरसाइकलकाको सुर्खेतकालागि अधिकृत विक्रेता भएर असिम अटो पार्टस संचालन गरिरहनुभएको बताउनुहुन्छ ।
व्यापारमा लागेपनि केही समय निकालेर भएपनि सामाजिक काममा समेत लाग्नुपर्ने कँडेल बताउनुहुन्छ । यसैक्रममा कँडेलले आफ्नो व्यापारिक संस्था असिम अटो पार्ट्स छात्रबृति पनि केही समय देखि एसएलसी (एसइइ) सर्बोत्तम अंक ल्याउने आफ्ना ग्राहकका छोराछोरीलाई दिइरहनुभएको छ ।
सुर्खेतमा व्यापार गर्ने शिलशिलमा माया बस्दा सुर्खेतमा नै उहाँले घरजम बसाउनुभएका कँडेल एक श्रीमती एक छोरी र एक छोराका पिता हुनुहुन्छ ।