गजल (बानी सुधारे पछि……)

पुष्प पीडित आचार्य, कालिकोट

बानी सुधारे पछि बिचार आउँछ छोरा
बन्चरो कारे पछि धार आउँछ छोरा ।
बाटोमा कसैले प्यासी अँखा जुधायो भने
तेरि आमाको अनुहार आउँछ छोरा ।
भोक त तलाइ भन्दा बड्ता लाग्छ मलाइ
खल्ती रित्तिय पछि बजार आउँछ छोरा ।
प्रभात आउनु भन्दा अधेरो थियो जिन्दगी
उज्यालो सङगै अन्धकार आउँछ छोरा।
मैले नसके पनि तिमिले सक्न्नु पर्छ
पैसा कमाय पछि सन्सार आउँछ छोरा।
जवानिमा एक चोक्टो मासु कसैले दियन
जम्मै दात झरे पछि शिकार आउँछ छोरा ।

प्रकाशित मितिः सोमवार, माघ १५, २०७४     6:11:31 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *