गजल

                                         फगत नबिन

फर्किदै फर्किदैन बचपन भन्नेहरु भन्छन्
एक पटक आउँछ जीवन भन्नेहरू भन्छन्

अहिले देश बिरामिमा छ उद्दार गर्नुस्
धेरै गरिए आन्दोलन भन्नेहरू भन्छन्

सरकारले पेटिसम्मै सडक बनाइ दियो
किन नबनाको आँगन भन्नेहरू भन्छन्

हिरा बनाई राखेको छु तिमिलाई मन्मा
ढुङ्गा भएछ तेरो मन भन्नेहरू भन्छन्

तिम्रो यादले न खान न पिउन मन लाग्छ
बसेको रहेछ अनशन भन्नेहरू भन्छन्

काठमाण्डौ

प्रकाशित मितिः बुधबार, चैत्र १४, २०७४     6:42:19 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *