गजल

                              सुनिता सापकोटा

समय घडीमा बसेर कथा सुनाउँदैछ
मन मेरो रोयो ऐना आँसु बगाउँदैछ

आमा भन्छिन् मन थामिदै थामिदैन
ओठले हाँस्न खोजेर पीर लुकाउँदैछ

कुकर्म हेर्न सकेनन् र देउताहरु भागे
मन्दिर धर्म बेचेर पैसा कमाउँदैछ

यसरी पनि गुजारा चलिरहेछ हाम्रो
दाँत स्वाद बिनाको भोक चपाउँदैछ

बोलाएको तिमीलाई हो तिमी आएनौ
बोलाउदै नबोलाएको याद किन आउँदैछ

      भोजपुर

प्रकाशित मितिः शुक्रबार, चैत्र १६, २०७४     6:54:25 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *