गजल


नवराज आचार्य “कुन्दन“

आँखाको बार्दली माथी एक रहर बस्यो
मनको भित्री कुनामा आएर डर बस्यो

हेरेरै म रित्तिए मेरो जिन्दगी सकियो
देखिने तर नपुग्ने ठाउँमा अबसर बस्यो

तिमि मेरो जिन्दगीको ठाउँ ठाउँमा बस्यौ
तिम्रो नामको पछाडि गएर मेरो थर बस्यो

बल्ल तिमिबाट सुरक्षित भएजस्तो लाग्यो
जब गर्धन मुनि अचानो माथी खन्जर बस्यो

कालिका गाउँपालिका ६, कालिकोट

प्रकाशित मितिः आइतवार, चैत्र १८, २०७४     10:50:09 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *