तिमी र म (कविता)

-केशब खड्का

तिमि
बिस्तारमा पल्टेर टिभिका च्यानल फेर्दै गर्दा

पोहोर साल नउम्रिएको टिमुरको बिजको पत्र केलाइरहेको हुन्छु ।
उता इएर फोन  लगाएर आइपडमा  मा आफुलाई मन पर्ने गीत सुन्दै गर्दा तिमी

यता जवानिमै सुकेको सिसौको रुख नियाल्दै मृत्यु कारण खोजिरहेको हुन्छु ।
महंगा रेस्टुरेन्टमा बसेर तिमी स्टुल फेर्दै कोल्ड ड्रिङ्कस  पिउदै गर्दा

दुर दराजको वस्तीमा चाउचाउको झोलको भरमा वन समबृद्धीको बयान छाटिरहेको हुन्छु
तिमि
साथीहरुसंग मल्टिफ्लेक्स सिनेमा घर मा ब्लक बस्टर सिनेमा हेरिरहदा

भख्खरै मृग मारेर फरार भएको अपराधीको पिछा गरीरहेको हुन्छु
तिमी
आफ्ना आफन्तको जन्मदिनको उत्सव मनाइरहेकी बेला

वन महत्व दर्शाउन वन समुहको साधारण सभामा पुगेको हुन्छु ।

तिमी
आफ्नो बाषिर्क परिक्षाको रुटिन बिर्सेर फोनमा मलाइ सोधिरहेको बेला

मेरो क्षेत्रका २०० वटा वन समुहमा रहेका प्रत्यक वन प्रजातीहरु याद गरिराखेको हुन्छु
तिमि
हिन्दि सिरियलको कुनै पात्रको मृत्युमा दुख मनाउ गरिरहेको बेला

मेरो बिरामी च्याखुरा निको तुल्याएर पुन जङगलमै छाड्न लागेको खुशीमा मग्न हुन्छु ।।

त्यसैले
यो मेरो देखावटी व्यस्तता होइन सत्यता हो
किनकी
तिम्ले र मैले हिड्ने बाटो अलग छ
तिम्रो र मेरो जीवन दर्शनको पाटो अलग छ

 

प्रकाशित मितिः आइतवार, चैत्र २५, २०७४     3:02:03 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *