कर्णालीमा राजधानी माग्दै गरिएको आन्दोलन स्थगित

हरिकृष्ण कुमाई, जुम्ला
पुस २४,
६ नम्वर प्रदेशको राजधानी कर्णालीमै हुनुपर्ने माग गर्दै एक साता देखि शुरु भएको आन्दोलन केहि दिनका लागि स्थगित भएको छ । सरकारले तत्काल अस्थायी राजधानी नतोक्ने निर्णय गरेे संगै ६ नम्वर प्रदेश सभा सदस्यहरु संग अनौपचारिक रुपमा वकालत गर्ने निर्णय सहित आन्दोलन स्थगित भएको नागरिक समाज जुम्लाका सचिव सरोज शाहीले जानकारी दिए ।

समाजले आज जुम्लामा पत्रकार सम्मेलनको आयोजना गर्दै अब आन्दोलनका कार्यक्रम राजधानी केन्द्रित हुने जनाएको छ । समाज जुम्लाले कर्णालीका पक्षमा थालिएको आन्दोलनका क्रममा साथ सहयोग दिने सबैलाई धन्यावाद ज्ञापन गरेको छ ।बहुमतिय आधारमा कर्णालीमा राजधानी नगर्ने षडयन्त्र भएमा आन्दोलन जतिखेर पनि शुरु हुन सक्ने समाजका सचिव शाहीले बताए ।

समाजले कर्णालीमा राजधानी हुनु पर्ने मागका पक्षमा वकालत गर्न सबै सरोकारवाला निकायलाई अपिल गरिएको छ । पिछडिएको क्षेत्रको वैज्ञानिक रुपमा संवोधन गर्नका लागि भुगोलको आधारमा निर्वाचन क्षेत्र थप्न समेत माग गरिएको छ ।

प्रकाशित मितिः सोमवार, पुस २४, २०७४     12:55:38 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *