भारत तर्फ लैजान लागिएका २० बालबालिकाको उद्दार

हरिकृष्ण कुमाई, जुम्ला
पुस २६ –

जिल्ला प्रहरी कार्यालय जुम्लाले भारतको हिमाञ्चल प्रदेशमा लामा भाषा पढाउने भन्दै बसमा लैजादै गरेको अवस्थामा २० बालबालिकाको उद्दार गरेको छ । बालबालिकाले खचाखच भरिएको बसलाई प्रहरीले चेकजाँच गर्दा भारततिर लैजाने कुनै आधार नभेटिएपछि नियन्त्रणमा लिएर बालबालिकाको उद्दार गरेको हो ।

लामा भाषा पढाईदिने भनेर अभिभावकलाई ढुक्क बनाएर उनीहरुले बालबालिकालाई भारत लैजान लागेको अवस्थामा बसलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक चुडामणी पुनले बताए । उद्दार गरिएका बालबालिका  करिब ९ देखि १३ वर्ष उमेर समूहका छन । जिल्लाको पातारासी गाउँपालिकाका खसक्षेत्रीका बालबालिकालाई ललाई फकाई भारत तर्फ लैजान लागेको अवस्थामा प्रहरीले २ जना लामालाई समेत पक्राउ गरेको छ ।उद्धार गरिएका बालबालीबाहरुलाई अहिले जुम्लाको होटल मानसरोवरमा राखिएको छ ।

प्रकाशित मितिः बुधबार, पुस २६, २०७४     11:01:20 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *