
जिल्लाभरका विद्यालयबाट सहभागि विद्यार्थीहरुले एकै पटक वीरेन्द्रनगरमै अडिसन दिने भएका हुन् । कम्पिटिशन आयोजक प्रोफेसनल स्कील डेभलपमेन्ट प्रा.लि. सुर्खेतका अनुसार विद्यार्थीको अध्ययनलाई मध्यनजर गरी अडिसनको समय तालिका परिवर्तन गरिएको हो ।
त्यसअघि माघ १० गतेसम्म प्रतिस्पर्धाका लागि विद्यार्थीको नाम दर्ता गर्न सकिने कम्पिटिसनका संयोजक प्रेमकुमार विसीले जानकारी दिनुभयो । सर्वाधिक पुरस्कार राशीको यो पहिलो स्पीच कम्पिटिशन हो ।
आयोजककाअनुसार विजेताले १ लाख रुपैयाँ, फर्स्ट रनरअफले ५० हजार, सेकेण्ड रनरअफले २५ हजार, वेष्ट पर्फमरले १० हजार र स्मार्ट भोइसले पाँच हजार रुपैयाँ प्राप्त गर्ने बताइएको छ ।
