२०२८ साल बैसाख ७ गते हालको कालीका गाउँ पालीका ४, कालीकोटमा वुवा स्व. पदमबहादुर शाही, आमा मैनाकला शाहीको कोखबाट ४ भाइमध्ये माइला छोराका रुपमा जन्मिएका हुन् कुर्मराज शाही । दुई छोरा र एक छोरीका वाबु बनेका ४६ बर्षिय शाही हाल नेकपा एमाले कालीकोट प्रदेश निर्बाचन क्षेत्र क बाट निर्बाचित प्रदेश सभा सदस्य समेत हुन्। महेन्द्ररत्न क्याम्पस ताहचलबाट स्नातक तह उतिर्ण गरेका शाही सामान्य किसान परीवारमा जन्मिएर पनि २०४७ सालदेखि नेपाली राजनीतिमा सक्रिय हुँदै आएकाछन् । मूलुकको शक्ति नै राजनीति र इमान्दार तथा नैनीकबान राजनीतिज्ञ भए मात्र मूलुकको समृद्धि हुनेमा विस्वास गर्ने प्रदेश सभा सदस्य शाही सँग सम्पादक कृष्णराज धमालाले बर्तमान समसायीक तथा उनको राजनीतिक जीवनका सन्दर्भमा गरेको कुराकानीको सारसंक्षेप ।
१, प्रदेश सभा सदस्यमा निर्बाचित भइसकेपछि तपाइलाई बहुमत प्रदान गर्नेे नागरीकहरुलाई के भन्नु हुन्छ ?
मैले जनताका बिचमा गरेका बाचाहरु पाँच बर्षमा बाटो, बिद्युत्त, स्वच्छ खानेपानी, सहज सञ्चार, पर्यटन उद्योगको विकास गरी बिदेशीने यूवाहरुका लागि यही रोजगारको ब्यबस्था गर्ने, प्रांगारीक खेति प्रणालीको स्थापना गरी अर्गानिक हब निर्माण गर्ने, देशी बिदेशी पर्यटकहरु भित्र््याउने लगायतका योजनाहरु पुरा गर्ने छु । मेरो त्याग र बलिदानीलाई माया गर्ने भोटरहरुका इच्छा पूरा गर्ने अभिभारा बिर्सिने छैन । लामो समय सम्म नागरीकहरुका सुख, दुःख सँग गाँसेको सामीप्यताको प्रतिफल स्वरुप मलाई यो अबसर प्रदान गर्ने सबै प्रति ऋणि मात्रै छैन, म प्रतिका तपाइका सम्भावित इच्छाहरु पुरा गर्ने प्रयासमा निरन्तर लागिरहनेछु ।
२, प्रदेश सभा सदस्य भएर मात्रै यतिका विकास सम्भव छ ? कि कुनै मन्त्रालयको पनि नेतृत्व गर्नुहुन्छ ?
प्रदेश सभा सदस्य मात्रैले दृघकालीन योजनाहरु सम्पन्न गर्न गाहे नै छ । तर प्रयास भने जारी राख्ने छु । म बिचलित कहिल्यै हुन्न । विकासका लागि स्रोत र साधन जुटाउने प्रयासमा लागिरहनेछु । देशी विदेशी लगानीकर्ताहरुलाई आकर्सीत गरी लगानी भित्र््याउन पहल कदमी गर्नेछु । कर्णालीको विकास बिना समग्र देशको विकासको परीकल्पना गर्न सकिदैन । कर्णालीको विकासले मात्र समाजवाद उन्मुख देशको परीकल्पना सम्भव छ । यसका निम्ति म र समग्र यूवाशक्ति र बुद्धिजिबहरु परीचालन गरी समाजवादमा पुग्नका लागि आधार निर्माण गर्ने दिशा तिर उन्मुख हुने प्रयास गर्नेछु । यसका निम्ति केन्द्र, प्रदेश र स्थानिय सरकारको सहयोगको अपेक्षा गर्दछु । मेरो त्याग, तपस्या र बलिदानीको यथोचीत मूल्यांकन गरी पार्टीले मन्त्रीका लागि सिफारीस गरेमा सहजता पूर्बक ढंगले कुसलता साथ भूमिका निर्बाह गर्ने छु । निर्णायक भूमिकामा नभई विकासका योजनाहरु सम्भव नहुने हुँदा पार्टीले पनि उपयुक्त ब्यक्तिलाई उपयुक्त स्थान दिन्छ भन्नेमा म विस्वस्त छु । यो प्रदेशको उन्नति, प्रगति र आर्थीक समृद्धका निम्ति कोही योग्य र दक्ष ब्यक्तित्वलाई मन्त्रीको जिम्वेवारी दिएमा म त्यसलाई हार्दीकतापूर्ण ढंगले सहयोग गर्नेछु । भाषणले मात्रै हुन्न, नीति र आर्थीकको पनि उत्तिकै जरुरी पर्दछ, त्यो अबसर मिल्यो भने धेरै फड्को मार्न सकिन्छ ।
कुर्मराज शाहीको राजनीतिक यात्रा
२०४७ मा तत्कालीन नेकपा माले सँग सम्बन्धित अनेरास्ववियू पाँचौको जिल्ला उपाध्यक्ष
०४९ मा पार्टीको संगठित सदस्यता प्राप्त
०५० मा अनेरास्ववियू जिल्ला अध्यक्ष
०५३ मा अनेरास्ववियू केन्द्रिय सदस्य
०५३ मै महेन्द्र रत्न क्याम्पस ताहाचालको स्ववियू सदस्य
०५४ मा नेकपा एमाले कालीकोट कार्यालय सचिव
०५७ मा नेकपा एमाले जिल्ला कमिटि कालीकोट उपसचिव
०६६ मा नेकपा एमाले जिल्ला कमिटि कालीकोट सचिव
०६८ मा नेकपा एमाले जिल्ला कमिटि कालीकोट अध्यक्ष ( अध्यक्षात्मक प्रणाली लागु भएसँगै)
०७० मा दोश्रो पटक नेकपा एमाले जिल्ला कमिटि कालीकोट अध्यक्ष
०७० मा प्रतिनिभि सभा सदस्य पदमा झिनो मतले पराजीत
०७१ मा पार्टी केन्द्रिय कमिटि सदस्यमा पराजीत (नवौं महादीवेसन)
०७३ मा नेकपा एमाले प्रदेश कमिटि सदस्य प्रदेश नम्बर ६
०७४ मा कालीकोट प्रदेश निर्बाचन क्षेत्र क बाट निर्बाचित प्रदेश सभा सदस्य निर्बाचित
३, त्यसो भए पार्टीले मन्त्रीको जिम्वेवारी दियो भने जिम्वेवारी बहन गर्ने, मलाई यो मन्त्राललय चाहीयो भन्ने दाबी छैन ?
यो मन्त्रालय नै चाहीन्छ भन्ने हठ ममा छैन । मैले अहिले सम्म लाभको पद पाएको र लिएको पनि छैन । करीब तिन दशक देखि पार्टीमा अनवरत रुपमा दिएको योगदानको नेकपा एमालेले सम्बोधन गर्छ भन्नेमा म बिस्वस्तछु । मैले हालसम्म पार्टी हितमा गरेको योगदानलाई सही बिश्लेषण गरी जिम्वेवारी दिएमा कुसलतापूर्बक निर्बाह गर्नलाई म पछि पर्नेछैन । त्यो क्षमताको म प्रदर्शन गर्न सक्छु ।
४, बरिष्ठ, कनिष्ट पनि भनिन्छ ? अहिले तपाइको पार्टीबाट प्रदेश सभामा बिजयी सभासदहरुको सूचिमा तपाई कहाँ हुनुहुन्छ ?
म इतिहाँसको मूल्यांकनको आधारमा निर्बाचित सभासदहरु बिच मूल्यांकन गर्दा छैटौं नम्बरको सूचीमा आफूलाई पेश गरेको छु ।
५, सभामूख सहित तपाइको पार्टीको भागमा पाँच वटा मात्रै लाभका पद पर्ने भएपछि तपाई छैटौंमा कसरी पार्टीले तपाइलाई मन्त्रीमा सिफारीस गर्ला ?
मेरो योग्यता, क्षमता, लगानीलाई सही ढंगले बिश्लेषण र बस्तुगत धरातलमा उभिएर मूल्यांकन गरेमा कुनै लाभको पद प्राप्त गर्नका लागि असम्भव कहाँ नेर छ र ? यसलाई बस्तुनिष्ट ढंगले तार्कीक निस्कर्षमा पार्टीले पुगाउने इच्छा शक्ति राख्यो भने क्रमभंगताकै बिचबाट अवसरहरु सृजना भएका इतिहाँसमा ताजा उदाहरणहरु छन् । कुनै ब्यक्तिहरुलाई लाभको पदमा पुगाउनका निम्ती टुपी समातेर पोखरीबाट माथि तानीएकाछन् । र उनीहरुलाई लाभको पदमा पुगाइएकोछ । मैले त सिंगो इतिहाँस बोकेकोछु, इतिहाँसको कालखण्डमा सत्ता सञ्चालनका बिधि र प्रक्रियामा आफूलाई अभ्यस्त बनाएको छु भने किन अहीले लाभको पद प्राप्त गर्नका लागि अयोग्य हुन्छु र ?
राजनीतिमा उतार चढाब
०६६ मा नेकपा माओवादीको आकर्मणमा परी सख्त घाइते
०५७ चैत्र १७ गते सर्बस्व सहित माओवादी बाट घर कब्जा सँगै बिस्थापीत
पार्टीको कामको सिलसिलामा ०५६ सालमा ४ दिन अपहरण
६, पार्टीले इतिहाँस, योग्यता, क्षमता र दक्षताको मूल्यांकन गर्छ जस्तो लाग्छ ?
अहिले सम्म पार्टीले मूल्यांकन गर्दै आएको छ । सही मूल्यांकन गरेर नै आज विसाल पार्टी निर्माण भएको छ । देशमा एकमात्र वाम शक्तिको रुपमा आफूलाई उभ्याउन सफल भएको छ । गरीब जनताको प्रतिनिधि पार्टीको रुपमा आफूलाई केन्द्रभागमा राख्न सफल भएको छ । दक्षिणपन्थि शक्तिको तागतका अगाडी आफूलाई राष्टबादी, देशभक्त, लोकतान्त्रिक, प्रगतिशिल रुपान्तरण र विकासको मेरुदण्डको रुपमा जनताको बिचमा आफूलाई खरो ढंगले स्थापीत गरेकोछ । यसको परीणाम स्वरुप सम्पन्न स्थानीय, प्रदेश र केन्द्रको निर्बाचनले पुष्टि गरीसकेकोछ । त्यसैले मलाई आशा र विस्वासछ सत्य, तथ्य मूल्यांकनको घडीमा आफूलाई उभ्याउदै आएको छ र त्यसको उदाहरण प्रदेश ६ मा पनि सिंगो बामपन्थिहरुको किल्ला बनेकोले सही मूल्यांकन गर्न यस पटक झनै कन्जुस्याँइ हुदैन ।
७, मन्त्री पद पाउनका लागि धेरै सभासद र सभासदका आफन्तहरुको खुबै दौडधुप चलेको छ ? तपाईको दौडको रफ्तार कत्तिको छ ?
दौडधुप गर्दैमा लाभको पद सम्भव छैन । नेकपा एमाले यथार्त धरातलमा उभीएर सही मूल्यांकन गर्ने पार्टीहो । बैज्ञानीक पार्टी हो । सिंगो देशको बस्तुगत परीस्थिति, आत्मगत परीस्थिति र अन्तराष्टिय परीस्थितिको मूल्यांकन सस्लेषण गरी जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तको रुपमा स्थापीत गरी समाजवाद उन्मुख देशको परीकल्पना गर्ने पार्टी भएको हुदा यो पार्टीमा दौडधुप गरी लाभको पद प्राप्त गर्न म त्यती जाहेज ठान्दिन । पूर्बमा मेची, पश्चिममा महाकाली, उत्तरमा हिम श्रृंखला र दक्षिणको समतर भूमीको सही पहिचान गरेर सही बिश्लेषण गर्ने पार्टी भएको हुनाले मैले दौड््न आबस्यक छैन । मलाई आशा छ बिज्ञान संगत ढंगले बीधि र प्रक्रियालाई अबलम्बन गरेको हुँदा योग्यता, क्षमता र लगानीलाई आफ््नो मनोविज्ञानको पूर्बसूची तयार गरेको छु । दौडको मात्रै अर्थ हुने भए वल्र्ड अफ गिनिज बुकमा नाम लेखाउन सफल कर्णालीकै धावक हरीबहादुर रोकायाको मात्रै स्थान हुनुपर्ने नि ?
राजनीतिक यात्राको नेतृत्व
अनेरास्ववियूले सञ्चालन गरेका देशभक्तिका आन्दोलनको नेतृत्व
०६२÷०६३ को जनआन्दोलनको कालीकोटमा नेतृत्व
६ नम्बर प्रदेश स्थापनार्थ कालीकोट जिल्लामा गरीएको आन्दोलनको नेतृत्व
०५६÷०५७ मा माओवादीको अतिबादका बिरुद्ध सञ्चालीत चिरफार अभियानको नेतृत्व
८, तपाईको आशामा निराशा छायो, विस्वासमा खडेरी पर्यो, पार्टीले मन्त्रीमा सिफारीस गरेन भने ?
म त्यही कुरामा अड््डी गर्ने, निराशाको कालो बादलमा बिचलीत हुनेमा परीन । म सँग सम्भावना छ, आशा छ, आँखा अगाडी मात्रै हेर्ने बानी मेरो छैन । जे जे, जति जति त्याग्दै आएको छु, त्यो अझै पनि पार्टीले त्याग भन्छ भने त्याग्न कुनै कन्जुस्याँइ गर्दीन । २०६६ को आकर्मणमा मरेको भए यो अवसर पनि कहाँ मिल्थ्यो र ? मृत्युको मुखबाट बाहीरीएपछि जीवन र जगतको सही अर्थ बुझेको छु, प्रदेश सभा सदस्य भएरै महत्वपूर्ण भूमिका निर्बाह गर्छु । लाभको पद प्राप्त गर्नेहरुले भने यत्ति याद गरीरहन जरुरी ठान्छु, सिंहापुरको लिक्वान यू, चीनको देनसाव पीङ्ग तथा अमेरीकाको वासीन्टन डिसि जस्तै बन्न नबिर्सनुहोस्।

