युएण्टोको अध्यक्षमा अधिकारी निर्वाचित


काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन (युएण्टो)को अध्यक्षमा शंकर अधिकारी निर्वाचित भएका छन् । संगठनको पाँचौं राष्ट्रिय सम्मेलनले अधिकारीको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी निर्वाचित गरेको हो ।

निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष ऋषिराम चापागाई (चितवन), महिला उपाध्यक्ष नानुमाया पराजुली (लमजुङ) र खुला उपाध्यक्ष बसन्त अधिकारी (दाङ) रहेका छन् । यसैगरी सम्मेलनले सातै प्रदेशबाट एक-एकजना उपाध्यक्ष निर्वाचित गरेको छ । जहाँ प्रदेश नम्बर १ बाट सीताराम अधिकारी-झापा, प्रदेश नम्बर २ बाट युगेश्वर राउत-सप्तरी र ३ नम्बर प्रदेशबाट इन्द्रराज भट्टर्राई-गोरखा उपाध्यक्षमा निर्वाचित भएकाछन् ।

प्रदेश नम्बर ४ बाट झपेन्द्र क्षेत्री-बाग्लुङ, ५ बाट मानबहादुर पाण्डेअर्घाखाची र ७ नम्बर प्रदेशबाट कृष्णदत्त जोशी-कञ्चनपुर निर्वाचित भएका छन् ।

सम्मेलनले महासचिवमा निमबहादुर केसी-सल्यान निर्वाचित गरेको छ । अर्थ उपमहासचिवमा कुलप्रसाद खतिवडा-ओखलढुंगा र उपमहासचिवमा शान्ति ढकाल-सुर्खेत निर्वाचित हुँदा सचिवहरुमा पुष्प न्यौपाने-काठमाडौं, सुशिला भट्टराई -बर्दिया निर्वाचित भएका छन् ।

 

प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४     11:47:52 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *