नेपाल कम्यूनिष्ट पार्टी हुने
कृष्णराज धमाला
फागुन ८, सुर्खेत ।
नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने आधार पत्रमा हस्तार भएको छ । पार्टी एकता संयोजन समितिका सदस्यहरुले पार्टी एकताका सातबुँदे आधारमा हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्री निवासमा सोमबार राति अवेर एमाले र माओवादीका नेताहरुले सहमतिको आधार पत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिपत्रमा एमालेको तर्फबाट केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेलले हस्तक्षार गरेका छन् भने माओवादी केन्द्रका तर्फबाट पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गरेका छन् ।
एकतापछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने र माक्र्सवाद–लेनिनवादलाई निर्देशक सिद्धान्त बनाउने सहमति भएको छ भने जनताको बहुदलीय जनवाद, माओवाद र २१ औं सताब्दीको जनवादबारे छलफल गर्दै जाने हस्ताक्षरित आधार पत्रमा लेखीएको छ ।
सम्झौता पत्रमा उल्लेखीत बुँदाहरु

