दिर्घकालीन योजनाको खाँचो
कृष्णराज धमाला
फागुन ८, सुर्खेत ।
प्रदेश नं. ६ को अस्थायी मुकाम सुर्खेतको वीरेन्द्रनगरमामा सञ्चालन भइरहेको प्रदेश स्तरीय औधोगीक, ब्यापार, पर्यटन तथा कृषि महोत्सब २०७४ मा निर्यात बस्तुहरु पनि प्रदर्शनमा राखिएको छ ।
महोत्सवमा प्रदेश ६ मा उत्पादन हुने बहुमुल्य रत्न पथ्थर, टिमुर, अदुवा, अर्गानिक अन्न तथा जडीबुटि प्रदर्शनमा राखिएको हो ।
६ नम्बर प्रदेशका बिभिन्न जिल्लाहरुमा पाइने निर्यात बस्तुहरुको प्रचार प्रसार गरी ब्यबसायीकतालाई प्रबद्र्धन गर्ने उद्देश्यले यी सामाग्रीहरु प्रदर्शनमा राखीएको महोत्सव प्रबिधि समिति संयोजक हरीचन्द्र चलाउनेले जानकारी दिए ।
यो प्रदेश तमाम् सम्भावनाहरुको खानी भएपनि त्यसको प्रचार प्रसारका अभावका कारण बजार सम्म पुग्न नसकेको भन्दै संयोजक चलाउनेले महोत्सव अवलोकन गर्नेहरुले यसका बारेमा थाहा पाई यसको प्रचार गरुन् भन्ने हेतुले प्रदर्शनमा राखिएको बताए ।
यस क्षेत्रका सम्भावित बस्तुहरुको अध्ययन अनुसन्धान गर्नका लागि बिज्ञहरुको टोली बनाई यसका बारेमा थप अनुसन्धान गर्नुपर्ने भन्दै संयोजक चलाउनेले दृर्घकालीन योजना निर्माण गरी ब्यबस्थित रुपमा संकलन तथा निर्यातको ब्यबस्था मिलाउनु आजको आबस्यकता भएको औंल्याए ।
महोत्सवको मुख्य आकर्षण भनेको नै यस प्रदेशका ओझेलमा परेका पर्यटकीय क्षेत्रकाहरुका बारे जानकारी दिनुरहेको तथा बहुमुल्य प्राकृतिक बस्तु एबं जडिबुटीको व्यवस्थित बजारिकरणमा आफू लागि परिरहेको चलाउनेले बताए ।




