जीप दुर्घटना ४ काे मृत्यु, पाँच जना घाइते

News Desk

News

दैलेख, १० फागुन । दैलेख बजारबाट महाबु गाउँपालिकाको गैडावाजका जादै गरेको बोलेरो जीप महाबु–४ ओखलढुंगामा दुर्घटना भएको छ । लु १ ज ३५३२ नम्बरको जीप दुर्घटनामा चार जनाको ज्यान गएको छ भने अन्य पाँच जना घाइते भएका छन ।

मृत्यु हुनेमा महाबु गाउँपालिका ४ की २२ वर्षीया निर्मला पाण्डे, महाबु गाउँपालिका ५ का ३५ वर्षीय श्रम शाही, महाबु गाउँपालिका ६ की २९ वर्षीया निर्मला शाही र सुर्खेतका तिलक ढकालको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । जीपमा चालकसहित ९ जना सवार रहेको उक्त जीपको ब्रेक फेल भए पछि ब्याक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

साभारः एवीसीटिभी अनलाइन