एशियन लाईफको २६ औँ शाखा जुम्लामा

अविरल ढकाल, जुम्ला
फागुन १५,
एशियन लाईफ ‍इन्स्योरेन्स कम्पनी लिमिटेडको २६ औं शाखा जुम्लामा विस्तार गरिएको छ । आज औपचारिक कार्यक्रमको आयोजना गरेर शाखा विस्तार गरिएको हो । सक्षम बिमाको सहज पहुँच पुर्याउनको लागी बिमा कम्पनीको शाखा विस्तार गरिएको कर्ण्ााली प्रदेशको एसियन लाईफर् इन्सुरेन्स बिमा कम्पनीमा प्रमुख विजयराज पराजुलीले बताए । उनका अनुसार हरेक नागरिकहरुले भविष्यको सुरक्षाको लागी अनिवार्य बिमा गर्नु पर्ने उनले बताए ।

एशियन लाईफ र् इन्सुरेन्स कम्पनीले नाफा मुखी नभएर सेवा मुखी हुने र आगामी दिनमा जुम्लाको सिंजा लगायतका क्षेत्रमा उप शाखा विस्तार गरेर अगाडी बढ्ने लक्ष्य रहेको पराजुलीले बताए । कार्यक्रममा बोल्दै पराजुलीले एशियन लाईफ र् इन्सुरेन्स कम्पनीको हाल चार लाख सेयर होल्डर भएको र १२ अर्व पुजी भएकोमा ११ अर्व लगानीमा लगाइएको समेत बताए ।

पराजुलीले निकट समयमा नै जुम्लाको सिजा क्षेत्रमा अनलाइन सेवा सहितको उपशाखा स्थापना गर्नुका साथै गाँउबस्तीमा जी‍वनविमाको जनचेतना सहित अन्तरक्रिया कार्यक्रम गर्ने र न्युन आयस्तर भएका व्यक्तिहरुलाई समेटेर लैजाने बताए ।

उक्त अवसरमा बोल्दै चन्दननाथ नगरपालिकाको वडा नम्बर ५ का अध्यक्ष अर्जुन कठायतले बिमाको विषयमा गाउँगाउँमा गएर नागरिकहरुलाई जानकारी गराउन आवश्यक रहेको बताए । आगामी दिनमा नियमित रुपमा बिमा गर्नको लागी बिमाको फाईदाको वियषयमा जानकारी गराउनको लागी आग्रह गर्नु भएको छ ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन १५, २०७४     12:43:01 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *