गुडेर होइन उडेर पुगे गाडी


कृष्णराज धमाला
फागुन १८, सुर्खेत ।

सडक सञ्जालले नछोएको हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटमा उडाएर गाडी पुगाइएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत विमानस्थलबाट नेपाली सेनाको हेलिकोप्टर चार्टर गरी सिमिकोट विमानस्थलमा उडाएर गाडी पुगाइएको हो ।

हेलिकोप्टर चार्टर गरी चिना रावतले बोलेरा जिप सिमिकोट पुगाउनु भएको छ । हेलिकोप्टर भाडा १० लाख, ५० हजार सहित जिपको मूल्य ३६ लाख, ५० हजार पुगेको व्यवसायी रावतको भनाई छ । रावतले जिप सिमिकोट उतारेपछि जिपको संख्या हुम्लामा पाँच पुगेको छ । यसअघि विजय लामा, लोकजंग शाही र सरोज रावतले पनि जिप हुम्ला सदरमुकाममा पुगाइसकेका छन् ।

हुम्ला सदरमुकाम सिमिकोटमा अब पाँच वटा जिपहरु सञ्चालनमा आउने भएपछि स्थानियले राहतको महशुस गरेकाछन् ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन १८, २०७४     11:01:30 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *