मोवाईल एप्स सेवा सुरु गर्दै नारायण नगरपालिका दैलेख

मौसम कुमार
फागुन १८, दैलेख।
नारायणनगरपालिका दैलेखले ११ वटै वडाका आमनगरबासीहरुलाई दिने सेवा सुवीधा थप प्रभावकारी बनाउनका लागि मोवाईल एप्स सेवा विस्तार गरेको छ । नारायण नगर प्रमुख रत्नबहादुर खड्काले मोवाईल एप्स सेवाको उद्घाटन गर्नुभएको हो ।

एप्स सेवा सुरु भएसँगै विकासमा शुसाशन र पारदर्शिताको समस्या राम्रोसगँ नदेखिएको वेला मोवाईल एप्सले सूचना सम्प्रेषण, योजनाको जानकारी, बजेट, वडापत्र, कार्यपालिकावाट हुने निणर्यहरुको जानकारी अव सेवाग्राहीहरुले आफनो मोवाईल फोनवाट नै पाउने भएकाछन् ।

सहज रुपमा जनताले हेर्न मिल्ने गरि मोवाईल एप्स निर्माण गरेको नगरपालिकाका सूचना अधिकृत प्रकासबहादुर वि.सी.ले बताउनुभयो । उहाँले नारायण नगरपालिकामा रहेको कूल २३ हजार जनसंख्या मध्ये ८० प्रतिशत जनता ईमेल ईन्टरनेटको पहँुचमा रहेकाले मोवाईल एप्स प्रभाकारी हुनेमा विश्वास ब्यक्त गर्नुभयो ।

प्रकाशित मितिः आइतवार, फाल्गुन २०, २०७४     12:06:21 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *