मिलन श्रेष्ठ ।
सुर्खेत, २४ फागुन ।
१०८ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरपारी सुर्खेत जिल्ला स्थीत महिला जेसिजले महिला नेृतत्व विकास तालिम अन्तर्गत महिलाहरुका लागि सारी लगाउने सिपमुलक तालिम समापन गरेको छ ।
महिला जेसिज सुर्खेतकि कार्यकारी उपाध्यक्ष सुमित्रा गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रमा यामुना खड्का प्रथम, र रेणु हमालले द्धितिय स्थान हाँसिल गरेको तालिमकि प्रशिक्षक प्रमि शाक्यले जानकारी दिईन । शाक्यका अनुसार वर्तमान अवस्थामा पश्चिमा देशबाट भित्रिदै आईरहेको नयां पहिरनले गर्दा नेपालको मौलिक सँस्कृती अझै सारी लगाउने परम्परा हालका युवा पीडिहरुबाट लोप हुदै गईरहेको अवस्थामा उक्त संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले तालिमको आयोजना गरीएको हो । सारी लगाएपनि लगाउने सही तरीका नहुँदा सारीको इज्जत जाने भएकाले कपडा पनि मिलाएर लगाउनु पर्ने धारणा र सीपको विकास गर्न तालीमले सहयोगी भूमिका खेल्ने शाक्यको भनाई छ ।
१८ जनाको सहभागिता रहेको तालिमले भेषभूषा जगाउने अभियानाका रुपमा लिइएको छ

