दैलेखमा रेडक्रसद्धारा ३ दिने मोतिविन्दु अप्रेशन सेवा शिविर

मौसम कुमार
फागुन २६, दैलेख ।

दैलेखको डुङ्गेश्वर गाउँपालिकामा रेडक्रस सोसाईटीले ३ दिने मोतिविन्दुको अप्रेशन सेवा सुरु भएकोछ । कार्यक्रमलाई सम्वोधन गर्दै कणर्ली प्रदेशका सांसद हिमबहादुर शाहीले आफु तथा समुदायको सुरक्षा र भावि प्रकोपवाट बच्न सचेतनाको जरुरी भएको वताउनु भयो । शाहीले रेडक्रसले गर्दै आएको कार्यहरुलाई अझै निरन्तरता दिन समेत आग्रह गर्नु भयो ।

शिविरमा डा. नम्रता गुप्ताको टोलीले सेवा दिने छ भने फागुन २८ गतेसम्म शिबिर संचालन हुने नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष खेमराज के.सी. ले जानकारी दिनुभयो ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २८, २०७४     5:42:57 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *