
चैत्र ५, दैलेख ।
नेपाल राष्ट्रिय शिक्षक संगठन दैलेखको अध्यक्षमा जिवराज तिमिल्सेना सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न १२ औ महाधिवेशनवाट तिमिल्सेनाको अध्यक्षतामा २९ सदस्यीय जिल्ला समिती गठन गरीएको छ ।
नवगठित संगठनको उपाध्यक्षमा मणि जैसी, महिला उपाध्यक्षमा पुष्पा थापा, सचिवमा शक्ति वुढा, सहसचिव सरिता गुरुङ्, कोषाध्यक्षमा प्रेम दाहाल, सह कोषाध्यक्षमा लक्ष्मीकुमारी शाही सहित अन्य सदस्यहरुको चयन गरीएको छ । सम्पन्न महादिवेशनले हिमालयजंग शाह, खगेन्द्र श्रेष्ठ, गणेश रेग्मी, कृष्ण भण्डारी, मातृका भण्डारी र निर्मला थापालाई केन्द्रिय प्रतिनिधीमा चयन गरेको छ ।
