कृष्णराज धमाला
चैत १५, सुर्खेत ।
सबिता राणा सीम्ता गाँउपालिका ९, सुर्खेतमा जन्मिएकी हुन् । पछिल्लो समय सुर्खेतमा रचनाकार, गायिक र अभिनय गर्नेमा उनको नाम दर्ज हुन थालेको छ ।
लोक र आधुनिक गीत रचनामा क्रियाशिल सबिता बिभिन्न म्यूजिक भिडियोहरुमा पनि सफल अभिनय गरीरहेकीछन् । उनलाई रचना गर्न, गाउन र अभिनय गर्न उस्तै उस्तै लाग्छ । तिनवटै बिधामा शसक्त रुपमा आफ्नो प्रभुत्व जमाउन सकेकि सबिता यो पेशामा लागेर निराश छैनन्, बढि आशावादी छन् ।
सबिताको रचना रहेको अन्धोमाया लोक गीत रेकर्ड भएको छ जुन गीतलाई खगेन्द्रप्रसाद ओली र सरीता बुढाले गाउनु भएको छ ।
बरपीपल छाया छायाको बोलको गीतमा सबिताले नै स्वर दिएकी छन् । अन्धो माया, आई लभ यू, के हाम्रो माया चोखो थिएन र, रुँदा सँगै रुन नपाएर, तिम्रो याद, यो मुटुको धड्कन लगायतका ११ वटा गीतमा सफल अभिनय पनि गरेकीछन् सबिताले । १२ मा अध्ययन गर्दै गरेकी सबिता फुर्सद मिलाएर गीत संगितका क्षेत्रमा क्रियाशिलता देखाउँदै आएकी छन् ।
आफ्नो जीवन कथाका विषयबस्तु समेटेर गीत लेख्न रुचाउने सबिता आधुनिक र लोक गीतमा बढि शब्दहरु उतार्न रुचाउछन् ।
सबिताले रचना गरेका केही गीतहरु रेकर्डको तयारीमा छन् भने केही गीतहरु डायरी मै थन्किएकाछन् ।
खासमा म कलाकार बन्छु भन्ने आफैलाई लागेको थिएन, मेरो बिगत गीत, संगित र अभिनय सँग जोडीएको पनि होइन् उनले अतित् सम्झीदै भनिन् मायामा पाएको धोकाको उपज नै गीत, संगितको यात्रामा परिणत भयो । आफ्नो बारेमा घोरीएर सोच्दै गरेकि सबिता आफूले पाएको धोकाको पीडालाई गीतका शब्दहरुले सितलता प्रदान गर्छन् अनि अभिनय गरेर भएपनि बिगतको बल्झिने घाउ बिर्साउने प्रयास गर्छु ।
स्वर सुन्दा र अभिनय गरेका दृष्यहरु देखेपछि आफन्तहरुले राम्रो छ भन्छन् जस्काकारण मलाई थप हौषला मिल्छ सबिताको भनाई छ ।
बाँकी जीवन पनि गीत, संगित र अभियनमा समर्पण गर्ने योजना बनाएकी सबितालाई यही क्षेत्रले सहज जीवन धान्न सक्ने पनि बनाएको छ । काम पाइरहेको छु, यो क्षेत्रलाई छोड्न सक्दिन सबिताले भनिन् गीत, सगितमा आम्दानी र आनन्द दुबै छ । त्यसका लागि आफूले परीश्रम पनि गर्न सक्नु पर्दछ ।

