राष्ट्र निर्माणका लागि राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनले आत्मासमिक्षा गर्नु पर्ने मुख्यमन्त्री शाही

बैशाख १२, सुर्खेत ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले राष्ट्र निर्माणका लागि राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनले आत्मसमिक्षा गर्नुपर्नेमा जोड दिनुभएकोछ । अहिले सम्म राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनकै कारण विकसित मुलुक बन्न नसकेको चर्चा गर्दै मुख्यमन्त्री शाहीले राष्ट्र निर्माणका लागि आत्मसमिक्षा सहित अगाडि वढ्नुपर्ने धारणा राख्नुभयो ।

वुधवार प्रदेश राजधानी सुर्खेतमा आयोजित भुकम्प मापन केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पचाउने प्रवृत्तिको अन्त्य गर्नै पर्ने वताउनुभयो । ‘राष्ट्र र जनतालाई समृद्ध वनाउन सके मात्रै सवैको भविश्य वन्छ ।’ मुख्यमन्त्री शाहीले भन्नुभयो–‘राष्ट्र निर्माणको अभियानमा गर्वका साथ अघि वढ्नु अहिलेको दायित्व हो ।’

मुख्यमन्त्री शाहीले भुकम्पीय जोखिमवाट वच्नका लागि पुर्वसावधानी अपनाउन आग्रह गर्दै भुकम्पीय क्षति कम गर्न सरकारले आवश्यक नीति, कार्यक्रम र योजना निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्राकृतिक विपत्ति आइपरेको वेला आत्तिने र पछि क्रमश लापरवाही गर्ने मानवीय प्रवृत्तिका कारण पनि क्षति वढ्ने गरेको वताउदै मुख्यमन्त्री शाहीले सचेत रहिरहन आग्रह गर्नुभयो ।

मुख्यमन्त्री शाहीले नवनीर्मित भवनवाट भुकम्प मापन केन्द्रको कार्यसम्पादन सजिलो हुने र भुकम्पीय सुचना तथा तथ्यांक लिन सजिलो हुने विश्वास व्यक्त गर्नुभयो । फ्रान्सेली सरकारको सहयोगमा निर्मित उक्त भवनको उद्घाटन संघीय सरकारका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामीला तथा योजना मन्त्री प्रकाश ज्वाला, पर्यटन मन्त्री नन्दसींह वुढा लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः बुधबार, बैशाख १२, २०७५     11:05:03 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *