१३ बैशाख, सुर्खेत । यसबर्षको बुद्ध जयन्ती १५, १६ र १७ गते गरी तीन दिन सम्म मनाइने भएको छ ।विहिवार(आज) वीरेन्द्रनगरमा एक पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघको आयोजना, नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय समिती सुर्खेत, धर्मद्धय सभा सुर्खेत र नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शान्ति धर्म चक्र संघको संयुक्त रुपमा समन्वय गरिएको पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको हो ।
हाल सम्म नेपालमा बुद्ध जयन्ती मनाउँदा लुम्विनी बर्ष नभएर कुशीनगर बर्ष मनाउँदै आएकोमा अब देखि सुर्खेतमा लुम्विनी बर्ष २६४२ औं बुद्ध जयन्ती मनाउने तयारी गरिएको छ ।
नेपालले हाल सम्म महापरिनिर्वाण भएको कुशीनगर बर्षलाई मनाँइदै आएकोमा सुर्खेतमा अब देखि लुम्विनी बर्ष २६४२ मनाउन लागिएको नेपाल आदिवासी जनजाती जिल्ला समन्वय समिति सुर्खेतका उपाध्यक्ष जीवनकुमार शाक्यले बताउनुभयो ।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ(फोनिज) सुर्खेतका अध्यक्ष प्रवास कुमार शाक्यको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ कर्णाली प्रदेश इन्चार्ज अशोक राजी, नेपाल आदिवासी जनजाती महासंघ समन्वय परिषद सुर्खेतका अध्यक्ष पञ्चि सिंह रोकाय(खाम्पा), धर्मद्धय सभा सुर्खेतका अध्यक्ष मोहनबहादुर थापा, नेपाल मगर संघ सुर्खेतका अध्यक्ष डिलबहादुर वंशीमगर, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य कलेन्द्र सेजुवाल, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापा, पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेश कञ्चन भारती लगाएतको उपस्थित रहेको कार्यक्रममा नेपाल आदिवासी जनजाती कर्णाली प्रदेशका अध्यक्ष वीरबहादुर रावत भोटेले ५ बर्ष देखि बुद्धको प्रतिमालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कैद गरेर राख्नु नै सरकारको गैर जिम्मेवारी पन भएको आरोप लगाउनुभयो ।
कार्यक्रममा धर्मोदय सभा सुर्खेतका अध्यक्ष मोहन थापा, जनजाती महासंघ सुर्खेतका अध्यक्ष लगाएतले आआफ्नो भनाइ राख्नुभएको थियो ।


